प्रभु महालक्ष्मीको विभिन्न स्थानमा अभिकर्ता मिलन समारोह

न्भेष्टाेपेपर । साउन ७, २०८०

काठमाण्डाैँ । प्रभु महालक्ष्मी लाइफ इन्योरेन्सले देशका बिभिन्न थप शहरहरुमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ । श्रावण ३ गते एकै दिन नेपालगंज, बर्दिवास (महोत्तरी), बुटवल र बाग्लुङमा कार्यक्रम संचालन भएको हो ।

मर्जर पछि व्यवसायको मूख्य अंग भएका अभिकर्ता फोर्सलाई एकिकृत गर्ने उद्देश्यले मर्जर लगतै देशैभरी अभिकर्ताहरुलाई खटाइएको थियो । साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई मर्जर पछिको कम्पनीको अवस्था, एजेन्सी सिस्टम, इन्सेन्टिभ र प्रचलनमा ल्याइने पोलिसीहरु बारेमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण पछि दुवै कम्पनीका अभिकर्ताहरु सँग छलफल तथा अन्तरक्रिया समेत गरियो ।

प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम अन्तर्गत नेपालगंजमा किशोरा प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठ, बुटवलमा प्रशान्त राज धमला र योगेन्द्र प्रसाद खतिवडा, बर्दिवासमा प्रयास श्रेष्ठ र सिताराम धिमाल तथा बाग्लुङमा कमल पन्थी र प्रभात श्रेष्ठले प्रशिक्षण दिनु भयो । उक्त सबै कार्यक्रममा १०० देखि २०० अभिकर्ताको सहभागिता थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *