प्रज्वल ताम्राकार बने इन्टरनेशनल मिस्टर कन्जेनिलिटी विजेता

न्भेष्टाेपेपर । असाेज २०, २०८०

काठमाडौं । नेपाली युवा प्रज्वल ताम्राकारलाई १५औं मिस्टर इन्टरनेशनल २०२३ मिस्टर कन्जेनिलिटी विजेताका भएका छन् ।

थाइल्याण्डको बैंककमा आयोजित १५औं मिस्टर इन्टरनेशनल २०२३ मा नेपालको प्रतिनिधिको रूपमा प्रतिस्पर्धा गरि नेपाली युवा प्रज्वल ताम्राकारलाई मिस्टर कन्जेनिलिटी अवार्ड प्रदान गरिएको हो ।

३६ देशबाट ३६ सै जना सहभागि भएको उक्त प्रतिष्पर्धामा नेपालको तर्फबाट प्रज्वल ताम्राकार सहभागि भएको थिए ।

प्रतियोगितामा उनले प्रारम्भिक चरणमा ‘लाखे’ लाई राष्ट्रिय पोशाकको रुपमा प्रस्तुत गरेका थिए । सहभागि प्रतिष्पर्धी उम्मेद्वारहरूमध्ये सबैभन्दा मिलनसार, आकर्षक व्यक्तित्व र महत्वाकांक्षी उम्मेदवार रहेको भन्दै ताम्राकारलाई मिस्टर कन्जेनिलिटी अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रज्वल ताम्राकारले थाइल्याण्डको अयुथयामा भएको १५औं मिस्टर इन्टरनेशनलको परम्परागत रनवेमा नेपालको परम्परागत पोशाकको रूपमा ‘दौरा सुरुवाल’मा प्रस्तुत भएका थिए । सो पोशाकको डिजाइनले नेपालको हिमाल, पहाड र तराई क्षेत्र र ती क्षेत्रहरूमा बसोबास गर्ने विभिन्न जातीय समूहहरूलाई प्रतिनिधित्व गर्दछ । यसले नेवारी संस्कृति र नेपाल दुवैको प्रतिनिधित्व गर्दछ ।

उनलाई बैंककमा अवतरणको क्रममा नेपालको राष्ट्रिय कवजसहित स्वागत गरिएको थियो ।
३६ देशबाट प्रत्येक १ जना सहभागि भएको उक्त प्रतियोगितामा थाईल्याण्ड पहिलो, भनेज्वयला दोस्रो र ब्राजील तेस्रो भएका थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *