संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन
इन्भेष्टाेपेपर । माघ ११, २०७९
काठमाण्डाैँ । आत्मदाह प्रयास गर्नुभएका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गर्नुभएका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको डा. किरण नकर्मीले बताउनु भयाे। उहाँका अनुसार आचार्यलाई बचाउन सकिएन । ८० प्रतिशत भाग जलेको थियो । डा. नकर्मीका अनुसार उपचारको क्रममा आज बिहान ५ बजे आचार्यको निधन भएको हो ।
इलामकाे सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवन अगाडि आफ्नाे शरीरभरी पेट्राेल खन्याएर आगो लगाएका थिए । आचार्यको स्वास्थ अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की समेत मंगलबार कीर्तिपुर अस्पतालमा जानुभएकाे थियाे ।
