परिक्षणका आधारमा मकैका पाँच जात सिफारिश गर्ने तयारी

न्भेष्टाेपेपर ।  चैत ६, २०८१

चितवन  । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले विकास र परीक्षण गरेका पाँच जातको सिफारिश गर्ने तयारी गरेको छ ।

झन्डै १२ वर्षअघिदेखि देशका विभिन्न ठाउँमा परीक्षण गरिँदै आइएका जातहरूको सिफारिश गर्ने तयारी भएको हो ।

सिफारिश गर्न लागिएका जातहरूमा उन्नत जातमा अहिले परीक्षणका क्रममा रहेका बिजीबीवाइपिओपी र टिएलबीआरएसओ–७एफ१६ जात रहेका कार्यक्रमका संयोजक तीर्थराज रिजालले जानकारी दिनुभयो ।

असारसम्ममा बीउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्रमा सिफारिश गर्ने तयारी गरिएको छ । केन्द्रले अनुमोदन गरेर राष्ट्रिय बीउ नियन्त्रण केन्द्रमा पठाउँछ । त्यहाँ अनुमोदन भएपछि व्यावसायिक उत्पादनका लागि आउने रिजालले जानकारी दिनुभयो ।

कार्यालयले हाइब्रिड मकैतर्फ अहिलेसम्म १० जात सिफारिश गरेको छ । अहिले तीन जात सिफारिसशको चरणमा रहेको उहाँले बताउनुभयो । सिफारिश गर्न लागिएका जात सीएएच–१५११, सीएएच–११८७, सीएएच–१९ छन् ।

यी मकैमा तापक्रम सहन सक्ने क्षमता भएकाले भित्री मधेश र तराईका जिल्लाका लागि सिफारिशको काम भइरहेको रिजालले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत अहिलेसम्म किसानले नरुचाएका आठ वटा जातलाई सूचीबाट हटाइसकिएको छ भने पाँचवटा जातलाई सूचीबाट हटाउन सिफारिशको तयारी थालिएको छ ।

चलनचल्तीमा नआएका, रोग र कीराले समस्या बनाएका यस्ता जातलाई सूचीबाट हटाउन सिफारिश गरिने गरिन्छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *