राष्ट्रपति काजी कालु पाँडेको समाधिस्थलमा

इन्भेष्टाेपेपर ।  जेठ १९, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडेको समाधिस्थल कीर्तिपुर नगरपालिका वडा नं १ दहचोकस्थित समाधिस्थलमा आउनुभएको छ । काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको दिनको स्मरणमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी आउनुभएको हो ।

राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, कीर्तिपुर नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।राष्ट्रपति भण्डारीले कालु पाँडेको प्रतिमामा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । उहाँले त्यहाँस्थित दहचोक भ्यूटावरको पनि अवलोकन गर्नुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *