संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड चयन
इन्भेष्टाेपेपर । पुष ८, २०७९
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुनुभएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहिवार बसेको दलको बैठकले नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो । यस्तै, दलको प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध चयन हुनुभएको छ ।
यस्तै, राष्ट्रियसभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन हुनुभएको छ । प्रमुख सचेतकमा गोपीबहादुर सार्की अछामी र सचेतकमा गङ्गाकुमारी बेल्बासे पहिलेदेखि नै कार्यरत हुनुहुन्छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष र समानुपातिक गरी ३२ स्थानमा जित हासिल गरेका छ ।
