राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

इन्भेष्टोपेपर । आश्विन १२, २०७

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सो अध्यादेश खारेज गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ – “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/६/११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको छ ।”

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *