संसद्को अवरोध हटाउन राष्ट्रपतिको चासो, ओलीसँग छलफल

न्भेष्टाेपेपर । साउन ३२, २०८०

काठमाण्डौ ।  राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच संसद्को अवरोधका बारेमा छलफल भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बुधवार भएको भेटमा संसद्को गतिरोधबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले संसद्को गतिरोध खुलाउन चासो दिँदै एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको हो ।

राष्ट्रपतिको आमन्त्रणमा ओली शीतल निवास पुग्नुभएको हो । भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा नागरिकमा नैराश्यता बढ्ने र संसद्प्रति नै नागरिकमा नकारात्मक प्रभाव पर्ने भएकाले संसद्को गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै एमालेले तीन हप्तादेखि सङ्घीय संसद् चल्न दिएको छैन । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई भेटेर संसद् सञ्चालन विषयमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।

यस्तै बुधवार बसेको सत्ता गठबन्धनको बैठकले संसद् सञ्चालनका लागि संवाद्लाई थप तीव्रता दिने निर्णय समेत गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *