स्वदेशी लघुवित्तको शेयरमूल्य कतिमा समायोजन भयाे ?
Investopaper, मंसिर ०६, २०७६
स्वदेशी लघुवित्तले गत बर्षको कमाईबाट शेयरधनीहरूलाई २० प्रतिशत बोनश शेयर पश्चात नेप्सेले शेयर मूल्य समायोजन गरेको छ।
नेप्सेले कम्पनीको शेयर मूल्य समायोजन गरी प्रतिकित्ता ५ सय ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ। उक्त समायोजित मूल्यलाई आधार मानेर आइतबार लघुवित्तको शेयर कारोबार खुल्नेछ।
लघुवित्तले साधारणसभा प्रयोजनको लागि मंसिर ६ गते शुक्रबार बुकक्लोज गरेको होे। बुकक्लोजसंगै नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी नयाँ शेयर मूल्य निर्धारण गरेको हो।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश पारित गर्न मंसिर १६ गते होटल पाथिभराको सभाहल, इटहरीमा साधारण सभा आह्वान गरेको छ।