पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, अरू यथावत
इन्भेष्टोपेपर । श्रायण १८, २०७७
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य २/२ रुपैयाँले वृद्धि भएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य वृद्धि गरेकाे हाे ।
काठमाडौंको लागि अब पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९० रुपैयाँ काम गरिएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने १०४ पुगेको छ। यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ ।
हाल कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएकाे छ ।
