आज सुनचाँदीकाे भाउमा कुनै उतारचढाब आएन, घटनेक्रममा पूर्णबिराम

Investopaper, भाद्र ३१, २०७६

हिजाे साेमवार १ हजार १ सय रूपैयाँले बढेकाे सुनकाे भाउ आज मंगलबार भने स्थिर रहेकाे छ । यसैगरि चाँदीमा भाउ पनि कुनै फेरबदल भएकाे छैन ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज भाद्र ३१ गते मंगलबार छापावाला सुन प्रतितोला ७१ हजार ३ सय रूपैयाँ कायम भएकाे छ । हिजाे भाद्र ३० गते साेमवार पनि नेपाली बजारमा छापावाला सुन प्रतितोला  ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँमा काराेवार भएकाे छ । तेजाबी सुनकाे मूल्यमा पनि कुनै गटबढ भएकाे छैन ।

यसैगरी, चाँदीकाे मूल्यमा पनि कुनै बदलाव भएकाे छ । हिजाे चाँदीको मूल्य प्रतितोला ८ सय ६५ रूपैयाँ थियाे भने आज पनि प्रति ताेला ८ सय ६५ रूपैयाँमा नै खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

गत साउन सुरुवातदेखि नै लगातार बढेर ७३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्लो केही दिन घटेता पनि हिजाे फेरी मूल्यमा उच्च बृद्धी भएकाे थियाे । सुनको मूल्य उच्चरूपले बढ्दा सुन कारोबार ठप्प जस्तै भएको व्यवसायीहरू बताउँछन ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीकाे मूल्यमा फेरबदल आएकाले नेपालमा पनि भाउ घटबढ भएकाे छ । दिनदिनै घटबढ भैरहने सुनचाँदीकाे मूल्य भाेलीका दिनहरूमा के हुन्छ भनेर किटानीकासाथ भन्न नसकिने व्यवसायीहरू बताउँछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *