साेमवार सुनकाे मूल्य बढ्याे, चांदी र डलरकाे मूल्य स्थिर ।
Investopaper, चैत्र ११, २०७५
काठमाण्डाैः आज साेमवार सुनकाे मूल्यमा रू. २०० ले बृद्धी भएकाे छ भने चांदी तथा डलरकाे भाउ भने स्थिर रहेकाे छ ।
नेपाल सुनचांदी व्यवसायी महासंघले सूचना जारी गरे अनुरूप आज छापावाल सुनकाे मूल्य प्रतिताेला ६० हजार ६ सय भएकाे छ भने तेजावी सुनकाे मूल्य प्रतिताेला ६० हजार ३ सय कायम गरिएकाे छ ।
सुन आइतबार तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियाे भने चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
फरेक्सः
सोमबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ स्थिर छ । कोरियन वन भने केही पैसाले घटेको छ ।
आज सोमबार लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ ।
आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा छ ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०७ पैसा र बिक्रीदर २७ रुपैयाँ २२ पैसा छ । यस्तै आज कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६९ पैसा तोकिएको छ ।
बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४४ पैसा छ । यस्तै, आज सोमबार कोरियन वनको भाउ केही पैसाले घटेको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ ।
