सुन्दै अचम्म ! एक झुप्पो अंगुरको मूल्य ११ हजार डलर

Investopaper, असार २८, २०७६

संसार विचित्रकाे छ , प्रसस्तै धन भएपछि मूल्यकाे के कुरा ? अङ्गुरको मूल्य कति पर्छ हाेला ? सामान्यतया उत्तर अाउला कि पांच सय देखि हजार रूपैया किलाे । जापानमा भने मूल्य अलि फरक रहेछ ।

एक झुप्पो अंगुरको मूल्य १२ लाख रुपैयाँ पर्दछ भन्दा पत्याउन सकिएला ? नपत्याएर के गर्नु ? जापानमा मानिसहरुले ११ हजार डलरसम्म ( १२ लाख रुपैयाँ ) मूल्य तिरेर एउटा विशेष खाले अंगुरको सानो झुप्पा खरीद गर्दछन् ।

उक्त अंगुर रुबी रोमन जातको हो । त्यो अंगुरको गेडाको आकार ठूलो हुन्छ र एउटा गेडाको वजन करीब २० ग्राम हुन्छ । एउटा झुप्पोमा झण्डै २४ अंगुर हुन्छन् ।

रूवि राेमन मूल्य ११ हजार डलर

अर्को खास विशेषता त के भने यो अंगूर हरियो वा कालो होइन पूर्ण रुपमा रातो रङको हुन्छ । यो अङ्गुरको मूल्य यति चर्को हुनाले पनि त्यसलाई धनीको फल भनेर पनि चिनिन्छ ।

जापानको इशिकावा प्रान्तको सरकारी निकायले यो जातको अंगूरको विकास गरेको थियो । यो अंगुर खानमा निकै स्वादिलो छ ।

जापानमा यो रातो अंगुर लग्जरी फलको श्रेणीमा पर्दछ । शुभ अवसरमा उपहार दिनको लागि यो अंगुरको खुबै प्रयोग हुन्छ । यो अंगुर सजिलैसँग नपाइने र विशेष खालको भएकाले पनि यसको मूल्य चर्को भएको हो ।

हालै उक्त अंगुरको एक झुप्पाको कनाजावा बजारमा लिलामी भयो । त्यसक्रममा एक होटल कम्पनीले एक झुप्पो अंगुर ११ हजार डलरमा खरीद गर्यो ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *