स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी

न्भेष्टाेपेपर ।  असार  १७, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनुभएकाे छ ।

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखको सम्मानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र पत्नी राधिका शाक्य सहभागी भएकाे हाे ।

प्रधानमन्त्री ओली र प्रधानमन्त्री साञ्चेजबीच आइतबार दुईपक्षीय भेटवार्ता भएको थियो ।

सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीबीच पनि सोमबार द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुरमा श्रेष्ठ, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायत सहभागी हुनुहुन्थ्याे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *