प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गर्ने

न्भेष्टाेपेपर ।  फागुन ५, २०८१

काठमाण्डाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्नुहुने भएकाे छ। 

आज बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई प्रदेश सरकारले निमन्त्रणा गरेको छ। ओलीले मध्यान्ह १२ बजे विशेष सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरर्नुभएकाे थियाे।  

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२)  बमोजिम प्रदेशसभामा विशेष सम्बोधनका लागि निमन्त्रणा गरिएको हो। 

साथै आज दिउँसो नेकपा एमाले दाङले घोराहीमा आयोजना गर्न लागेको जनसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *