पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल

न्भेष्टाेपेपर । पुस २७, २०८१

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेश राष्ट्र निर्माणका लागि मार्गदर्शक रहेका बताउनुभएको छ ।

३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सन्देशमार्फत् उहाँले अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी देशसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि शाहका दिव्योपदेश मार्गदर्शक भएको बताउनुभएको हो ।

साथै राष्ट्रपति पौडेलले आज बिहान सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुगेर श्रद्धाञ्जली तथा माल्यार्पणसमेत गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल एकीकरणको अभियानका नेतृत्वकर्ता शाहप्रति सम्मान प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शाहसँगै अभियानमा योगदान दिएका सबै पुर्खाहरूको स्मरण गर्दै उहाँहरूप्रति सम्मान व्यक्त गर्नुभएको हो । पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *