लगानीकर्ता दवाव समूहकाे तालावन्दी र चाैतर्फी बिराेध पछि सेबोनले जारी गर्यो प्रगति विवरण

काठमाडौं। लगानीकर्ता दवाव समूहले गरेकाे तालावन्दी पुलिस लगाएर खाेल्नु परेकाे पिडा र सरकारले दिएकाे निर्देशन पालना नगरेकाे भनि उच्च पदस्थकाे विराेधमा नारा समेत लाग्याे । चौतर्फी आक्रमण हुन थालेपछि धितोपत्र बोर्डले आफ्नो प्रगति विवरण सार्बजनिक गरेको छ।

सरकारले गठन गरेको उच्चस्तरीय मुद्रा तथा पूँजी बजार समितिका सुझाबमध्ये के के काम भए भनेर बोर्डले बुँदागत रुपमा सार्बजनिक गरेको छ।

विज्ञप्तीमा उल्लेख गरिएका कार्य प्रगति विवरणः

·  न्यूनतम ग्रेड भन्दाकम्तिमा एक स्तर माथिको रेटिङ प्राप्त गरेका संस्थाहरुलाई मात्र सार्वजनिक निष्काशन अनुमति प्रदान गरी कार्यान्वयन गरिएको ।

·  बजारमा सर्वसाधारण लगानीकर्ताहरुको पहुँच विस्तार गराई ऋणपत्र बजारलाई थप गतिशील बनाउन जारी रकमको कम्तिमा ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तीलाई विक्रीवितरण गर्नका लागि छुट्टयाउनु पर्ने व्यवस्था गरिएको ।

·  नेटवर्थ भन्दा बढी नहुने गरी एफपिओ जारी गर्न पाउने तथा नेटवर्थभन्दा दुई गुणा बढी नहुने गरी आइपिओ जारी गर्न पाउने व्यवस्था गरिएको ।

·  शेयर दलालमार्फत् मार्जिन कारोवार सम्बन्धमाबोर्डको निर्देशनमा नेप्सेले मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि, २०७५ लागू गरिसकेको र सोही बमोजिम नेप्सेबाट आवश्यक प्रकृृया अगाडि बढाई कार्यान्वयनको चरणमा रहेको ।

·  नेप्सेले संचालनमा ल्याएको स्वचालित कारोवार प्रणालीलाई सिडिएसएलको प्रणालीमा आवद्ध गरिएको। साथै स्वचालित कारोवार प्रणालीमा भएका कमिकमजोरीहरुलाई अध्ययन गर्न बोर्डबाट गठित समितिबाट प्राप्त प्रतिवेदन नेपाल सरकार अर्थ मन्त्रालयमा पठाइएको ।

·  बजार निर्माताको कार्यको लागि नागरिक लगानी कोषलाई संस्थागत व्यवस्था गर्न सम्वन्वय भैरहेको ।

·  खुलामुखी सामूहिक लगानी कोष संचालन गर्न गरिएको व्यवस्था नगरी कार्यान्वयनको चरणमा रहेको ।

·  बाणिज्य बैकहरुलाई सहायक कम्पनीमार्फत शेयर खरिद  विक्री गर्न पाउने गरी ब्रोकर लाईसेन्स सम्बन्धी आवश्यक कार्यहरु अगाडि बढाई बोर्डमा सिफारिश गर्न नेप्सेलाई निर्देशन दिइएको ।

·  ओटिसी बजारलाई गतिशील बनाउन २०७५ चैत्र मसान्तसम्ममा प्रविधि मैत्री बनाई स्वचालित प्रणाली अपनाउन नेप्सेलाई निर्देशन दिइएको ।

·  अन्तर्राष्टिय अभ्यास अनुरुप नेप्से सूचकांकमा लाग्ने सर्किट ब्रेकलाई समसामयीक बनाउन नेप्सेलाई निर्देशन दिएकोमा नेप्सेबाट अध्ययनभई पेश गरिएकोमा कार्यान्वयनकोे क्रममा रहेको ।

·  लगानीकर्ताहरुको हित संरक्षणको लागिलगानीकर्ता सुरक्षण कोष स्थापनागर्न नेप्सेलाई निर्देशन दिइएको ।

·  धितोपत्रको दोस्रो बजार कारोवारको भुक्तानी सुनिश्चितताको लागि सेटलमेण्ट ग्यारेण्टी फण्डको स्थापनाका लागि सिडिएसिलाई निर्देशन दिइएको र सोको निरन्तर फलोअप  भैरहेको।

·  धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र व्यवसायी (धितोपत्रदलाल, धितोपत्रव्यापारी तथाबजार निर्माता) भित्री कारोवार बन्देज नियमावलीको मस्यौदा भई स्वीकृतिको लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाउने क्रममा रहेको ।

·  बास्तविक क्षेत्रका संगठित संस्थाहरुको संस्थापक शेयरको लक इनपिरियड लाई अन्य वित्तीय क्षेत्रको नियमन निकायले गरेको व्यवस्थासँग सामञ्जस्यता ल्याउन अध्ययन भैरहेको ।

·  धितोपत्रबारे सर्वसाधारणमा वित्तीय साक्षरता सम्बन्धी कार्यहरु भैरहेको ।

·  कर्मचारी संचयकोष, नागरिक लगानी कोष, सामजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीहरुलाई बजाररनिर्माता व्यापारीको रुपमा समेत कार्य गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा अध्ययन गरी सिफारिश गर्न नेप्सेलाई निर्देशन दिइएको ।

·  गैर आवासिय नेपालीको बैंकहरुको डिवेन्चरमा लगानी, लगानी फिर्ता तथा बैंकहरुबाट ऋणपत्र जारी गरी वित्तीय स्रोत जुटाउने सम्बन्धमा समन्वयात्मक रुपमा सम्बन्धित निकायहरुसँग छलफलको क्रममा रहेको ।

·  शेयर बजारमा हुने कारोवारलाई थप प्रभावकारी बनाउन सेटलमेन्ट बैंक, सिडिएससी एण्ड क्लियरिङ लिमिटेड तथा निक्षेप सदस्यहरुसँग नेपाल स्टक एक्सचेन्जको अनलाईन कारोवार प्रणाली पूर्ण रुपमा आवद्ध भएपछि हाल कायम रहेको टि प्लस थ्रि राफसाफ चक्रलाई टिप्वस वानमा ल्याउन सिडिएसीलाई निर्देशन दिइएको र सोको निरन्तर फलोअप भैरहेको ।

·  प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता बैकल्पिकलगानीकोष प्रोत्साहनगर्न “विशिष्टिकृत लगानीकोष नियमावली, २०७५” फागुन २२ गते देखि लागू गरिएको।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *