नेशनल माइक्रोफाइनान्स लघुवित्तकाे संस्थापक शेयर बिक्रीमा
इन्भेष्टोपेपर । असार ७, २०७८
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतकाे ७८,१५० कित्ता शेयर बिक्री गर्ने भएको छ ।
संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. १ हजार २२ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले २०७८ असार १० गते सम्ममा प्रति कित्ता आफूले लिन चाहेको दर रेटका साथ गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्नु पर्ने छ ।
लघुवित्तकाे बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट रहेकाे छ ।
