साना किसान लघुवित्तकाे उत्साहजनक प्रगतिः ६२ रुपैयाँ प्रतिशेयर आम्दानी, जगेडा काेष कति ?

Investopaper, श्रावण २८, २०७६

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले मंगलबार आर्थिक वर्ष २०७५।०७६ को उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो खुद नाफा करिब २५ प्रतिशत बढाएर ६२ रुपैयाँ ४७ पैसा प्रतिशेयर आम्दानी कायम गरेको छ।

गत आर्थिक वर्षमा लघुवित्तले ४९ करोड १० लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २४.९२ प्रतिशत अर्थात ९ करोड ७९ लाख रुपैयाँले धेरै हो। अघिल्लो आवमा लघुवित्तको खुद नाफा ३९ करोड ३० लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी ७८ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा भने अाकर्षक बृद्धी भएकाे छ । समिक्षा अवधिमा जगेडा काेष ४१ प्रतिशतले सुधार भई एक अर्ब ६७ करोड रुपैयाँ सञ्चित छ ।

यसैगरी कम्पनीकाे व्यवसाय पनि निकै सन्तुलितरूपमा प्रगतिउन्मुख रहेकाे छ । कम्पनीले कर्जा लगानी २१ प्रतिशतले बढाएर २० अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी २२ प्रतिशत धेरैले वृद्धि भई ९१ करोड ८९ लाख आर्जन गरेको छ । अघिल्लो आवमा खुद ब्याज आम्दानी ७५ करोड १० लाख थियो ।

साना किसान लघुवित्तका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः

  • चुक्ता पुंजी ७८ करोड ६० लाख रहेकाे छ ।
  • यस अवधिमा भाखा नाघेकाे कर्जा ०.०८ प्रतिशत छ,
  • यस अवधिमा लघुवित्तकाे प्रति सेयर आम्दानी (ईपिएस) ६२ रूपैया ४७ पैसा,
  • प्रति सेयर नेटवर्थ ३१३.५६ रूपैंया,
  • पूंजी प्रयाप्तता अनुपात १११.१९ प्रतिशत,
  • कोषको लागत ५.९० प्रतिशत र
  • मूल्य आम्दानी अनुपात १५.१८ गुणा रहेकाे छ ।

Read Also : अन्य कम्पनीकाे वित्तीय विवरणकाे जानकारीकाे लागी यतातिर छिर्नुहाेस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *