आर.के. श्रेष्ठकाे स्वरमा “मुरली बज्यो तिरिरी” बाेलकाे गीत सार्वजनिक (भिडियोसहित)

इन्भेष्टोपेपर । फागुन २०, २०७८

काठमाडौ । थुप्रै सदाबहार गीत संगीतहरु बजारमा ल्याइसकेका काभ्रेली युवा गायक आर.के श्रेष्ठले पुनः अर्को “मुरली बज्यो तिरिरी” बोलको गीत सार्बजनिक गरेका छन् ।

भर्खरै सार्बजनिक भएको “मुरली बज्यो तिरिरी” बोलको गीतमा अष्ट लामाले संगीत रहेकाे छ भने शब्द रमेश अधिकारीको रहेको छ ।

यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा आनन्द गुरुङ्ग, लक्ष्मी गुरुङ्ग र राजेश श्रेष्ठको आकर्षक अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन शिब बि.क ले गरेका हुन् भने छायांकन मधुर बस्नेत, शम्भु चालिसे र सम्पादन मेक बहादुर थापाले गरेका छन् । “मुरली बज्यो तिरिरी” बोलको गीतलाई आर.के श्रेष्ठ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *