रघुजी पन्त शिक्षामन्त्री नियुक्त, ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ पदमुक्त

न्भेष्टाेपेपर ।  वैशाख ११, २०८२

काठमाडौँ ।  रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएको छ ।  नेकपा (एमाले) नेता रघुजी पन्त प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गर्नुभएको हो। 

निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएपछि पन्तलाई मन्त्रीको जिम्मेवारी दिइएको हो । 

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्री ओलीले हटाउनुभएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *