कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेश दुवाडी नियुक्त
इन्भेष्टाेपेपर । पुष ४, २०७९
काठमाण्डाैँ । कृषि बिकास बैंक लि. संचालक समितिको अध्यक्ष पदमा रमेश दुवाडी नियुक्त हुनु भएको छ । नवनियुक्त अध्यक्ष विभिन्न संघ/संस्थाको संचालक समितिमा सदस्य रहि कार्य गरेको अनुभव समेत रहेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार अध्यक्ष रमेश दुवाडीलाई नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा गर्भनर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराउनु भयो ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाखर भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल लगायत कृषि विकास बैंक लि.का संचालक समिति सदस्यहरू तथा निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी समेतको उपस्थित थियो ।
