आजबाट १५ दिनकाे लागि नेपाल-चीन रसुवागढी नाका बन्द
माघ १५, २०७६ | Investopaper
रसुवा– नेपाल-चीन रसुवागढी नाका आजबाट १५ दिनका लागि बन्द गरिने भएको छ।
मंगलबार रसुवागढीमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीच बसेको बैठकले आजबाट नाका बन्द गर्ने निर्णय गरेको हो।
दुई देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँपरेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण देखाउँदै नाका बन्द गर्न लागेको जनाएको छ ।
नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमण फैलिन नदिन सरकारले सक्रियता देखाएको छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौविसैघण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताउनु भयाे ।
