राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

इन्भेष्टोपेपर । माघ ११, २०७८

काठमाण्डाैँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औं वार्षिकोत्सव समारोह अर्थमन्त्री माननीय जनार्दन शर्माको प्रमुख आथित्यतामा भर्चुअल माध्यमबाट सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा अर्थमन्त्री माननीय जनार्दन शर्माले वित्तीय व्यवस्थापन आफैमा चुनौतीपूर्ण भएतापनि राष्ट्रिय वाणिज्य बैंकले चुनौतीको सामना गरी व्यवसायीक रुपमा अगाडी बढिरहेको बताउनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा थप योगदान गर्नुुपर्ने बताउनुभयो । उहाँले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ्ग सेवाले ग्राहकको आकांक्षा बमोजिम ग्राहकमैत्री सेवाको लागि थप कार्यगर्नुपर्ने बताउनुभयो ।

प्रमुख अतिथि एवं अर्थमन्त्री शर्माले कार्यक्रममा यूएसएसडी मोवाइल बैंकिङ्गको डिस्प्ले गरी सेवा शुभारम्भ गर्नुहुदै यसले इन्टरनेट नभएको स्थानमा पनि वित्तीय पहुँचको विस्तार हुने बताउनुभयो । बैंकको ५७ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०७८ भर्चुअल माध्यमबाट विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा आफुसमेत सहभागी भई कदमहरु चालिएकोले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधारभई उत्पादकत्व बढेको र पुनः आउनसक्ने चुनौतीको सामना गर्न बैंक तयार भईरहनुपर्ने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा जोगीएर प्रणालीलाई जोगाउनुपर्ने बताउनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाले तल्लोवर्गका नागरिकका जीवनस्तर उकास्ने गरी लगानी गर्न आग्रह गर्नुभयो ।

बैंक संचालक समितिका अध्यक्ष डा.बलराम पाठकले आफ्नो वित्तीय अवस्था तथा परिसूचकहरु उत्कृष्ट रूपमा प्रस्तुत गर्न सफल यो बैंक बैकिङ क्षेत्रका सबै क्षेत्रमा नेतृत्वदायी भूमिका वहन गर्न सफल भएको बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनु हुँदै बैंकले डिजिटल सेवालाई जोड दिईरहेको बताउनुभयो । उहाँले २०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४५ अर्ब रुपैंया निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब रुपैंया कर्जा लगानी गरेको बताउनुभयो । कार्यक्रममा बैंकमा क्रियाशिल तीन वटै ट्रेड यूनियनका अध्यक्षहरु क्रमशः रा.वा.बैंक कर्मचारी संघ नेपालका का.वा.अध्यक्ष रामप्रसाद जोशी, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रा.वा.बैंकका बरिष्ठ उपाध्यक्ष मिलनबाबु नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा. बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना व्यक्त गर्नुभएको थियो ।

आज भन्दा ५७ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको यो वैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक हो । हाल देशभर बैंकका २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा रहेका छन् । कार्यक्रममा कर्मचारी सम्मान कार्यक्रम, बैंकका २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक घोषणा गरिएको थियो ।

५७ औं वार्षिकोत्सवको अवसरमा गत माघ ५ गते आयोजना गरिएको रक्तदान कार्यक्रममा देशैभरिबाट २४९ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । भर्चुलअ माध्यमबाट संचालन गरिएको कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती, अर्थ सचिव मधुकुमार मरासिनी, राजश्व सचिव कृष्णहरि पुष्कर, डेपुटी गभर्नरहरु, शेयरधनीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकशरु, बैंक संचालक समितिका सदस्यहरु, विभिन्न संस्थानहरुका प्रमुखहरु, बैंकका नायव प्रमुख कार्यकारी लगायत कर्मचारीहरुको भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *