रेसुङगा पोखरीमा धार्मिक मेला, दुई स्थानीय तहमा आज सार्वजनिक विदा

इन्भेष्टोपेपर । कार्तिक २९, २०७८

तम्घास ।  गुल्मीका दुई स्थानीय तहले हरिबोधनी एकादशीको दिन (आज) सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले आज सार्वजनिक विदा दिएका हुन् ।
गुल्मीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल रेसुङगा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले २९ गते (आज) सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।

सोमबार नगरपालिका मातहतका सम्पुर्ण कार्यालयहरु, शैक्षिक संस्थालगायतका कार्यालयहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।

यस्तै, गुल्मीदरबार गाउँपालिकाको २८ गतेको कार्यपालिकाको बैठकले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

आज रेसुंगा पोखरीमा धार्मिक मेला लाग्ने र भैलो प्रतियोगिता समेत आयोजना गरिएको छ ।
पवित्रस्थल पोखरीमा गएर स्नान गर्नाले भूलवश भएका पापहरु नष्ट हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ । याे समाचार गाेरखापत्रमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *