चिलिमे जलविद्युतको साधारण सभा हुने स्थान परिवर्तन
इन्भेष्टोपेपर । पुष १९, २०७८
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस २३ गते हुने २५औं वार्षिक साधारण सभाको स्थान परिवर्तन गरेको छ । यस अघि कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगञ्ज, काठमाडौंमा गर्ने भनिएकोमा विशेष कारण बस उक्त स्थान परिवर्तन गरी स्काई जोन रेस्ट्रो एण्ड बैंक्वेट्स , धुम्वाराही, काठमाडौंमा गर्न लागिएको हो ।
सभा विहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको मंसिर २४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापू्ँजीको आधारमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
