सभामुख कृष्णबहादुर महराद्वारा राजीनामा
Investopaper, असाैज १४, २०७६
सभामुख कृष्णबहादुर महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्ण बहादुर महरालाई राजीनामा दिन पार्टी तथा सामाजिक क्षेत्रहरूबाट दबाब आए संगै आज दिउसो उनीले राजीनामा दिएका छन्। अनुसन्धान प्रकृया सहज हाेस भन्दै नैतिकताकाे आधारमा छानविन प्रक्रिया नसकिदासम्मका लागि राजीनामा दिएका व्यहाेरा राजीनामा उल्लेख गरिएकाे छ ।
याैन दुर्व्यवहार भएकाे बताउने महिलाले अहिलेसम्म लिखित जाहेरी नदिएकाे प्रहरी श्राेतकाे भनाइ छ । आफूलाई महराले कुटपिटसमेत गरेको आरोप लगाउँदै आफ्नो तीनकुनेस्थित भाडाको फ्ल्याटमा महराको चस्माको टुक्रा, जुत्ताको भाग आदि छुटेको दाबी गरेकी छन् ।
यसबाहेक सभामुखसँग त्यहाँ आउनुअघि र पछि पनि फोन र भाइबरमार्फत कुराकानी भएको उनको भनाइ रहेकाे छ । कल डिटेलकाे आधारमा सत्यतथ्य पत्ता लगाउन भने कुनै गाह्राे काम नभएकाे जानिफकारहरू बताउँछन ।

