‘स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ’ – प्रधानमन्त्री

न्भेष्टाेपेपर ।  माघ १९, २०७९

काठमाण्डाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्रष्टाको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताउनुभएको छ । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आज आयोजना गरेको ‘गठबन्धन’ नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले  भन्नुभयो, “ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित गर्न तपाईंहरूले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । देशभित्र मात्र होइन, विश्वभरि स्थापित गर्न तपाईहरूले खेलेको भूमिका प्रशंसनीय छ ।    

प्रधानमन्त्रीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापना गर्ने जग बसालेको भन्दै आफूलाई प्रतिष्ठानप्रति खुसी र गर्वको महसुस भएको बताउनुभयो । 

“चित्रकला तथा प्रतिकलाका क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका तपाईं विशिष्ट व्यक्तित्वलाई सम्मान गर्न पाउँदा निकै खुसी छु, यसले राष्ट्रकै गरिमा र उचाइ बढाउँछ”, उहाँले भन्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले ललितकलाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने स्रष्टालाई सम्मान गर्नुका साथै ललितकलासम्बन्धी सिर्जनाको अवलोकन गर्नुभएको थियोे । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *