आईपीएल : राजस्थानले शिर्ष स्थानमा रहेकाे मुम्बईलाई ८ विकेटले हरायो

इन्भेष्टाेपेपर । कार्तिक १०, २०७७ 

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले अंक तालिकाकाे शिर्ष स्थानमा रहेकाे मुम्बई इण्डियन्सलाई ८ विकेटले हराएको छ ।

राति सकिएको खेलमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा २ विकेटको क्षतिमा भेट्टायो । राजस्थानकाे जीतमा बेन स्टाेककाे सतकीय पारी संझन याेग्य रह्याे, उनले ६० बलकाे सामना गर्दै १०७ रन बनाए । उनलाइ साथ दिएका सन्जु सामसङले ३१ बलमा महत्वपूर्ण ५झ रन बनाए । यी दुबै खेलाडी खेलकाे अन्त्यसम्म अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो । खेलकाे अठाराैँ र अन्तिम अाेभरमा चाैका र छक्काकाे बाैछार गर्दै हार्दिक पाण्डेले २१ बलकाे सामना गरी ६० रन जाेडेका थिए भने सूर्य कुमार यादवले ४० रनकाे याेगदान दिएका थिए ।

हारसँगै शीर्ष स्थानको मुम्बईले अंक बढाउन सकेन । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरको पनि समान १४ अंक नै भए पनि रनरेटका आधारमा मुम्बई शिर्ष स्थानमा कायम छ ।

यस्तै मुम्बईलाई हराएको राजस्थान एक स्थान माथि उक्लिएको छ । १२ खेलमा ५ मा जित र ७ मा हार बेहोरेको राजस्थानको १० अंक भएको छ । राजस्थान तालिकाको पुछारबाट तेस्रो स्थानमा छ ।

यस खेलमा बेन स्टाेक्स प्लेयर अफ द म्याच घाेषित भएका थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *