रुसी प्रधानमन्त्रीलाई पनि देखियाे काेराेना सङ्क्रमण

इन्भेष्टोपेपर । वैशाख १९, २०७७ 

काठमाण्डाै – रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई पनि कोरोना भाइरस (काेभिड १९) सङ्क्रमण पुष्टि भएको छ । भाइरसकाे सङ्क्रमण देखिएपछि अहिले उहाँलाई अस्पताल भर्ना गरिएको छ ।

प्रधानमन्त्री मिशुस्तिनले आफूलाई कोरोना सङ्क्रमण भएको बारेमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराउनु भएकाे समाचारमा उल्लेख गरिएकाे छ ।

विगत २ हप्तादेखि रुसमा कोरोना सङ्क्रमितकाे सङ्ख्यामा तेजीकासाथ बृद्धी भैरहेकाे छ भने अपेक्षााकृतरूपमा मृतककाे संख्या भने न्यून छ । हालसम्म रूसमा एक लाख छ हजार चारसय अन्ठानव्वे जनामा संक्रमण देखिउकाे छ भने एक हजार त्रिहत्तर जनाकाे ज्यान गइसकेको छ ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *