नेपाल बैंकको कामु सीईओमा समता पन्त

न्भेष्टाेपेपर । असाेज १८, २०८०

काठमाडौं । नेपाल बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्त (भट्ट) नियुक्त भएकी छन् ।

बैंकको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई असोज १५ गतेदेखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् ।

चार वर्षे कार्यकाल पूरा गरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी बाहिरिएपछि बैंकले पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको हो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *