सम्झना पाण्डेकाे गीत ‘नाचौं-नाचौं’ सार्वजनिक (भिडियाेसहित)

इन्भेष्टोपेपर । पुष १६, २०७८

काठमाडौ । लामो समयदेखि अमेरिकामा रहदै आउनु भएकी गायिका सम्झना पाण्डेकाे नयाँ गीत ‘नाचौं-नाचौं’ (भिडियो) सार्वजनिक भएकाे छ । राजधानीमा आयोजित एक समारोहका बीच हास्य कलाकार मदनकृष्ण श्रेष्ठले भिडियो सार्वजनिक गर्नुभएकाे थियाे ।

डान्सिङ्ग नम्बरको रुपमा आएको गीतमा सम्झनालाई राजनराज शिवाकोटीले स्वरमा साथ दिनुभएकाे छ । गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीकै छ । राजन इशानको संगीत संयोजन रहेको गीत उत्कृष्ट बनेको कलाकार श्रेष्ठले बताउनुभयाे ।

राहुल शाहको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा गम्भीर बिस्ट, सम्झना पाण्डे, राहुल शाह, साइलेश विष्ट र कविता न्यौपानेको अभिनय छ । हरि हुमागाईंको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन गीतमा छ ।

यसअघि ४ गीत सार्वजनिक गरिसकेकी पाण्डेले रेडियो नेपालको बाल कार्यक्रमबाट गायन थाल्नुभएकाे थियाे । उहाँ नर्स पेसामा आवद्ध हुनुहुन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *