सनिगाड हाइड्रोको साधारण शेयर निष्काशन सम्झौता
इन्भेष्टाेपेपर । मंसिर २७ २०७९
काठमाण्डाैँ । बझाङ जिल्लामा रहेको सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्काशन गरिने रु.१००।- अकिंत दरको साधारण शेयर ६७,५०,००० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेतका लागि निष्काशन गर्न सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच कम्पनीको रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुरमा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो ।
जारी पूँजी रु.२ करोड २५ लाख रहेको सनिगाड हाइड्रो लिमिटेडकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केहि साता भित्र विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।
