सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न

न्भेष्टाेपेपर । मंसिर ५, २०८१

काठमाण्डौ । सानिमा बैंक लिमिटेडकाे २०औं वार्षिक साधारणसभा मंगलवारका दिन सफलतापूर्वक सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

यसका साथै, आर्थिक बर्ष २०८०/८१ मा रु. २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९÷८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ ।

बैंकको वित्तीय परिसूचक (असार मसान्त २०८१) समेत राम्राे रहेकाे बैंकले जानकारी गराएकाे छ ।
बैंकाे निष्क्रिय कर्जा १.७२ %,  पुँजीकोष १३.२१ %, तरलता २९.२१ % तथा कर्जा निक्षेप अनुपात (मासिक औसत) ८०.५३ % रहेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *