सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष नगद फिर्ता योजना

न्भेष्टाेपेपर । असाेज १८, २०८०

काठमाण्डौं । सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष नगद फिर्ता योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने छ ।

यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५% वा अधिकतम रु २००, विजुलीको बिलतिर्दा  २% वा अधिकतम रु २५ र इन्टरनेटकाे बिलतिर्दा  २% वा अधिकतम रु ५० सम्मको नगद फिर्ता को व्यवस्था गरेको छ ।

मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा नगद फिर्ता प्रदान गरिने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *