‘हाम्रो पे’को क्युआरमा भुक्तानी गर्दा कोइली कराउने

न्भेष्टाेपेपर । असाेज २४, २०८०

काठमाडौँ ।  हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब कोइली कराउने भएको छ । बीज क्राफ्ट कम्पनीले तयार पारेको कोइली नामक अडियो उपकरण तथा साउन्ड बक्समार्फत हाम्रो पेको भुक्तानी सफल भएको जानकारी आवाजमै सुन्न सकिने भएको हो ।

हालको अवस्थामा ग्राहक तथा मर्चेन्टले क्युआर भुक्तानी गर्दा तत्काल कारोबार सफल भए नभएको तत्कालै थाहा नहुने, एसएमएस समयमै नआइदिने, मर्चेन्ट कहाँ भुक्तानी प्राप्त गर्ने व्यक्तिसँगै लिङ्क गरिएको मोबाइल नहुने जस्ता समस्या बेहोर्दै आएका छन् । सोही समस्या समाधान गर्न हाम्रो पेले अडिओसहितको क्युआर ल्याएको हो ।

हाम्रो पेले बुधवार काठमाडौँस्थित कुकर कफीबाट कोइली अडियो क्यूआरको सुरुवात गरेको हो । हालै मात्र हाम्रो पेले विभिन्न २० ओटा वालेटमा रकम पठाउन सकिने फिचर ल्याएको थियो ।

मर्चेन्टका हाम्रो पेको क्यूआरमा जुनसुकै वालेटबाट भुक्तानी गर्दा रकमसहित कारोबार सम्पन्न भएको तथा रकम प्राप्त भएको जानकारी आवाजमै दिने व्यवस्था मिलाएको हो ।

हाम्रो पेको मर्चेन्ट क्युआर लिन हाम्रो पे तथा हाम्रो पात्रोमा सम्पर्क गर्नुपर्ने हुन्छ । जुन हाल निःशुल्क रूपमा उपलब्ध छ । तर ‘कोइली’ अडिओसहितको क्यूआरका लागि भने सो अडियो डिभाइस खरिद गर्ने वा मासिक निश्चित शुल्क तिर्ने [रेन्टल] गरी दुई विकल्प दिइएकाे कम्पनीले जनाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *