मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा सेनबाम निर्वाचित

न्भेष्टाेपेपर । जेठ २२, २०८१

मेक्सिकाे । मेक्सिकोमा भएकाे राष्ट्रपतीय निर्वाचनमा पहिलो महिला राष्ट्रपतिको रुपमा क्लाउडिया सेनबाम निर्वाचित हुनुभएकाे छ ।

मेक्सिकोको निर्वाचन कार्यालयबाट प्राप्त प्रारम्भिक परिणामअनुसार ६१ वर्षीया सेनबामले लगभग ५८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

जलवायु वैज्ञानिक तथा मेक्सिको सहरकी पूर्व मेयर क्लाउडिया सेनबाम मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँ यो पद सम्हाल्ने यहुदी सम्प्रदायकी पहिलो यहुदी नेता पनि हुनभएको पोलिटिकोले जनाएको छ ।

मतदाताहरूलाई समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै सेनबामले यसलाई ऐतिहासिक क्षण रहेको बताउनुभयो । सेनबामले भन्नुभयो, “गणतन्त्रको दुई सय वर्षमा पहिलोपटक म मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्नेछु । हामीले पूर्णरुपमा लोकतान्त्रिक मेक्सिको हासिल गरेका छौं । (रासस/एएनआई)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *