इमर्जिङ्ग नेपालको सातौं वार्षिक साधारण सभा सम्पन्न

न्भेष्टाेपेपर ।  पुष २९, २०७९

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौंमा बिहीबार सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७८/७९ को वार्षिक आर्थिक विवरण, कम्पनीको सहायक कम्पनी “होटल एलिस द वोण्डर इन लि.” को आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।

साथै, कम्पनीले आर्थिक वर्ष २०७९।८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक सर्वसहमतिले पारित गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकमा विकास सिल्वाललाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *