एनएमवि बैंककाे विशेष साधारणसभा सम्पन्नः मर्ज सम्वन्धि प्रस्ताव पारित

Investopaper, श्रावण २९, २०७६

एनएमवि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने प्रस्ताव पारित भएको छ । एनएमवि बैंक लिमिटेडको हिजाे श्रावण २८ गते मंगलबार सम्पन विशेष साधारण सभामा एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव पारित गरेकाे हो ।

यसका साथै एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडको शेयर स्वाप रेसियाे पनि अनुमाेदित गरेकाे छ । सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर स्वाप रेसियाे १००ः ७६ रहने  छ । यसअनुरूप अब ओम डेभलपमेन्ट बैंकका शेयरधनीहरुले प्रत्येक १०० कित्ता बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर प्राप्त गर्नेछन् ।

हाल एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ। मर्जर सम्झौता पश्चात बैंकको शेयर कारोबार जेठ ३ गतेदेखि नै रोक्का छ।

अन्य कम्पनीहरूकाे बारेमा जानकारी लिनु चाहानुहुन्छ भने यहां क्लिक गर्नुहाेस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *