जिडब्लुएम का गाडीहरुमा “शानदार नववर्ष २०८१” अफर

न्भेष्टाेपेपर । चैत्र २२, २०८०

काठमाडौं । विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जि.डब्लु.एम को नेपालका लागि आधिकारिक वितरक – भि.जि.इम्पेक्स प्रा. लि., ले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक “शानदार नववर्ष २०८१” योजना ल्याएको छ ।

यो विशेष योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जि.डब्लु.एमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा विशेष अनि आकर्षक अफरहरु प्रवर्द्धन गरिएको छ ।

१) ओरा ०३ इभी : ५ लाखसम्मको फाइदा:
यो नयाँ वर्ष ईलेक्ट्रिक गाडी उत्साहीहरुले जि.डब्लु.एमको प्रीमीयम ईभी ओरा ०३ मा ५ लाखसम्मको फाइदाको साथ फ्री एसेसरीज, आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस को सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यसको स्टाइल र लक्जरीको साथ, निशुल्क ७ केडब्लु फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष सम्म १५०,००० किमी वारेन्टी लगायतका सुविधा लिई वातावरणमैत्री र सहज यात्राको अनुभव लिन सक्नेछन् ।

२) हाभल एच सिक्स, र जोलायन : ८ं.५ लाखसम्मको फाइदा:
हाभल– एच् सिक्स, र जोलायनमा ग्राकहरुले पावर र लक्जरीको उत्कृष्ट मिश्रणको अनुभव लिई ८.५ लाख सम्मका फाइदाहरू लिन सक्नेछन्, साथै आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज जस्ता प्रभावशाली सुविधाहरुको साथ यो प्रस्तावले नयाँ वर्षको एसयूभी यात्रालाई उत्कृष्ट बनाउनेछ ।

३) पावर : १० लाखसम्मको फाइदा:
जि.डब्लु.एम कोे पावर पिक–अपको साथ एन्डुरेन्स र क्यापाबिलिटीको अनुभव तथा १० लाख सम्मको फाइदाहरू लिन सकिनेछ । इलेक्ट्रिक सनरुफ, लेदर सिट, उत्कृष्ट सुरक्षा सुविधाहरू र रिभर्स पार्किङ क्यामेरा सुविधा रहेको पावर पिक–अपले हरेक यात्रामा आत्मविश्वास सुनिश्चित गर्दै, साहसिक कार्यलाई अविस्मरणीय बनाउनेछ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *