शंखकाे धार्मिक महत्व, बजाउने समय तथा विधि !

इन्भेष्टाेपेपर । असाैज १२, २०७७

कुनै पनि धार्मिक कार्यका दौरानमा शंखको बजाउनु हिन्दु धर्मको एक महत्वपूर्ण विशेषता हो। शास्त्रीय मान्यताअनुसार धार्मिक विधिको पूजा पाठ तथा रीति-रिवाजका क्रममा शंख बजाउनु उत्तम मानिन्छ ।

पूजामा शंख बजाउनु तथा यसको प्रयोगका फाइदाका बारेमा यहाँ केही जानकारी प्रस्तुत गरिएको छ ।

१‍. धार्मिक मान्यताका अनुसार पूजा आरम्भ गर्नुभन्दा पहिले ३ पटक शंख बजाउँदा वातावरणमा भएको सबै किसिमको अशुद्ध हट्ने तथा नकारात्मक उर्जा नष्ट हुने गर्दछ ।

२. कुनै पनि पूजा आरती बिना पुरा नहुने विश्वास गरिन्छ। त्यस्तै आरतीको अन्तिममा पनि शंख बजाउनुपर्दछ । पूजा स्थलमा विभिन्न देवी देवता तथा प्राकृतिक शक्तिको उर्जा प्रवाह आफूलाई प्राप्त होस् वा सत तत्वको प्रधानता स्थापनाहोस् भन्ने उद्देश्यले यस्तो काम गर्ने विश्वास छ।

३. शंख बजाउने समय व्यक्तिको मुखमाथि तर भगवानको सामुन्ने हुनु पर्दछ ।

४. घरमा शंख राख्दा भगवान विष्णु र लक्ष्मीको कृपा प्राप्त हुने विश्वास गरिन्छ।

५. शंखको जलले शिव, लक्ष्मी आदि भगवानको अभिषेश गर्नुपर्दछ। यसो गर्दा भगवानको कृपा प्राप्त हुने धार्मिक विश्वास छ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *