नेपाल प्रिमियर लिगको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक

न्भेष्टाेपेपर । मंसिर ३, २०८१

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिगका २०२४ देखि २०२९ सम्मका ५ वर्षका संस्करणमा मुख्य प्रायोजकको रूपमा आबद्ध भएको छ ।

क्यानले गत कात्तिक ३० गते एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तरराष्ट्रिय मैदानमा हुँदै छ ।

नेपालको क्रिकेटलाई थप उचाइमा पुर्‍याउने उद्देश्यले बैंक यस लिगसँग जोडिएको धारणा बैंकका अध्यक्ष मनोजकुमार केडियाले व्यक्त गरे । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले बैंकको यस समन्वयले नेपालमा क्रिकेटको स्तर नयाँ उचाइमा पुर्‍याई देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउन मद्दत पुग्ने धारणा व्यक्त गरे ।

पछिल्ला दिनमा क्रिकेट खेलले सबै उमेर समूहमा लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकाले पनि बैंक लिगको ५ वर्षका लागि मुख्य प्रायोजकको रूपमा जोडिएको बताइएको छ । यस समन्वयले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्न मद्दत पुर्‍याउने विश्वास बैंकको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *