गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ बजारमा

इन्भेष्टाेपेपर ।  भाद्र १९, २०७९

काठमाडौँ । गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ बजारमा आएको छ ।
आफ्नो सांगीतिक यात्रा तय गरेको १ दशक पुगेको अवसरमा उनले उक्त गीत
ओेएसआर डिजिटलको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।

‘डाँडापारी’बोलको गीतबाट गायक लामालाई साङ्गितिक क्षेत्रमा थप चिनाउने
मौका मिल्यो । गायक लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’,आउन माया आउ,
मुसुक्क नेमा, हुलाकी दाई, हुक्का,भुल भए माफ गर, मार्फाको स्याउ, हलक्क
मैच्याङ, बुट्टे रुमाल, म्हेन्दोमाया गीत ‘टुना युनाले’ लगायत थुप्रै गीत
सार्वाधिक चर्चामा छन ।

गीतलाई एच.बी सुनारले रचना र संगीत गरेका हुन भने शाहस शाक्यले संगीत
संयोजन गरेका हुन । गायक रन्जित लामाको स्वर रहेको उक्त गीतमा फिमेल
भोकलमा मन्जु उपाशना बिकले साथ दिएका छन । गीतलाई प्रकाश मिश्रले ध्वनी
सम्पादन गरेका हुन भने अकोस्टिक नेपाल स्टुडियोमा गीत रेकर्ड गरेका हुन ।

भिडियोमा गायक लामा पहिलोपटक देखिएका हुन । उनीसँगै मोडल स्मारिका
ढकाललाई देख्न सकिन्छ । देवराज गुरुङले कोरियोग्राफी गरेको म्युजिक
भिडियोलाई टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन । भिडियोलाई प्रेम
लामाले छायांकन र निर्देशन गरेका हुन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *