गायक सुनिल थापाको “सोल्टिनी सेवारो” सार्वजनिक
इन्भेष्टाेपेपर । साउन १०, २०८३
काठमाडौं । नेपाली सांगीतिक बजारमा यतिबेला नयाँ गीत गायक सुनिल थापा मगरको “सोल्टिनी सेवारो” नामक बोल्को गितले चर्चा बटुल्न थालेको छ । गायक तथा संगितकार एनिस एन्जल राइ को शब्द संगितमा तयार भएको उत्त गित गायक सुनिल थापा मगरको सुमधुर आवाजमा सजिएको यो गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
प्रेम, समन्वय र भावनात्मक उत्तर–चढावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस गीतले छोटो समयमै सामाजिक सञ्जालमा चर्चा कमाउन सफल भएको छ । यस गीतका शब्द एनिश एन्जल राईले रचना गरेका हुन भने संगितकार को रुपमा पनि राईले नै यस गितमा भुमिका गरेका हुन साथै यस गितलाई राजु कार्किको संगीत संयोजनको भूमिका रहेको छ ।
गायक सुनिल थापा मगरको आवाजमा तयार भएको यो प्रेमिल “सोल्टिनी सेवारो” बोलको गितले बिशेष भाका ठाउँ समुदाय र माया प्रेम र स्पर्स शैलीलाई समेट्दै नयाँ स्वाद प्रस्तुत गरेका छ। तसर्थ यश गितलाइ अझ थप उचाइमा पुर्याउन गीतको रेकर्डिङमा बिपलभ अधिकारीले ड्रिम्स् रेकर्डिङ स्टुडियोमा सम्पन्न गरेका हुन् भने यश गितलाई उत्त मिक्सिङ तथा मास्टरिङ को जिम्मेवारी प्रकाश केसी ले सम्हालेका छन् ।
