चसचसी पाेल्ने सिस्नोः सेवन गर्दा फाइदै फाइदा

Investopaper, असार १६, २०७६

सिस्नो प्रायः सबै ठाउँमा पाइन्छ । यसमा रहेको औषधिय गुण र प्रभावकारीका कारण पछिल्लो समय सहरी क्षेत्र, होटल र रेष्टुरेन्टमा समेत यसको प्रयोग बढ्दो छ । सिस्नोलाई सुकाएर बनाएको धुलो सुपरमार्केटहरुमा प्याकमा समेत किन्न सकिन्छ । हरियो सिस्नोको मुन्टा टिपेर तरकारीको रूपमा समेत प्रयोग हुने गरेको छ ।

१० ग्राम सिस्नोको धुलोलाई करिब दुई सय मिलिलिटर तातोपानीमा रातभरि भिजाएर भोलिपल्ट बिहान खालि पेटमा खाँदा फाइदा पुर्याउँछ ।

सिस्नाेमा पाइने पाेषक तत्वः

सिस्नोमा ‘ए’, ‘सी’ र ‘डी’ भिटामिनसँगै पोटासियम र क्याल्सियमजस्ता पौष्टिक तत्व पाइन्छ । यसमा करिब २५ प्रतिशत प्रोटिन हुन्छ । यसमा आइरनसमेत पाइन्छ । सिस्नोमा फाइबरसमेत हुन्छ, जसले खाना पचाउन सहयोग गर्छ ।

सिस्नाे सेवनबाट हुने फाइदाहरूः

  • सिस्नोले शरीरमा रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउँछ ।
  • मधुमेहको रोगीका लागि सिस्नो लाभदायक हुन्छ ।
  • सिस्नोको धुलोलाई दाल र सुप बनाएर समेत खान सकिन्छ ।
  • हरियो सिस्नोको मुन्टा टिपेर तरकारीको रूपमा समेत प्रयोग हुने गरेको छ ।
  • सिस्नो खानाले किड्नीको समस्या हुनबाट जोगाउन सघाउँछ ।
  • पिसाब पोल्ने समस्या छ भने सिस्नोको सुप लाभदायक हुन्छ ।
  • दम, बाथरोगकाे लागि सिस्नाेकाे सेवन लाभदायक मानिएकाे छ ।
  • रगत उत्पादन गराउन सहायकसिद्ध हुने प्रमाणित भएकाे छ ।
  • शरीरमा हेमोग्लोबिनको मात्रा बढाउनसमेत यसले सघाउँछ ।
  • सिस्नोको लेदोलाई मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्ने समस्या कम हुन्छ ।
  • भाँचिएको तथा मर्केमा, हाड जोड्न, हाड–जोर्नी दुखेकोमा पनि सिस्नो उपयोगी हुन्छ ।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *