गुराँस लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न, कुनकुन प्रस्ताव पारित भए ?

इन्भेष्टोपेपर । कार्तिक २३, २०७८

धनकुटा । गुराँस लघुवित्त वित्तीय संस्था लि. को छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । न्यु अञ्जुली होटल धनकुटामा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष ७७।७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी रु.८,३४,००,०००।– को ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनश शेयर गरी १७.७८ प्रतिशत लाभांश स्वीकृत गरेकाे छ ।

यसका साथै आर्थिक वर्ष ७७।७८ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आ.व. ७७।७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्ताव समेत पारित गर्याे ।

उक्त साधारण सभाले संस्थापक समूह “क” अन्तर्गत रिक्त रहेका ४ जना संचालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजय कुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । साथै, आ.व. ७८।७९का लागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ ।

२०७३ कार्तिक २२ गते स्थापित संस्थाको छैठौं स्थापना दिवसका दिन सम्पन्न उक्त साधारण सभामा सहभागी शेयरधनी महानुभावहरुले संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *