नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको छैठौं विशेष अधिवेशन सम्पन्न

इन्भेष्टोपेपर । असार २३, २०७

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको छैठौं विशेष अधिवेशन यही असार १८ गते नेपाल धितोपत्र बोर्ड, खुमलटार, ललितपुरमा सम्पन्न भयो । अधिवेशनको उद्घघाटन सत्र युनियनका अध्यक्ष तोलाकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त उद्घघाटन सत्रमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रमको सफलताको शुभ कामना व्यक्त गर्नुभयो । उद्घघाटन सत्रको प्रमुख अतिथि बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले मन्तव्य राख्दै व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।

छैठौं विशेष अधिवेशन मार्फत राजु बहादुर जि.सि.को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । कार्यसमितिको अन्य पदाधिकारीको रुपमा बरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत रुपमा चयन भएका छन् ।

निर्वाचित कार्यसमितिको कार्यकाल २ बर्षको हुनेछ । उक्त कार्यक्रम युनियनका सचिव श्यामु मण्डलले संचालन गर्नु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *