नेप्से परिसूचकमा झिनो गिरावट

इन्भेष्टाेपेपर ।  माघ २८, २०८२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ०४ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ०९ को बिन्दुमा कायम भएको हो ।

आज ३२९ कम्पनीको दुई करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८२ हजार ४५० पटक खरिदबिक्री हुँदा आठ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १०, विकास बैंक शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव ४७, लगानी शून्य दशमलव ०७ र निर्जीवन बिमा समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

यसैगरि वित्त समूह शून्य दशमलव २५, होटल तथा पर्यटन शून्य दशमलव ६३, जीवन बिमा शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, लघुवित्त शून्य दशमलव ०६, म्युचुअल फन्ड शून्य दशमलव ३६, व्यापार शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव २४ प्रतिशतले घटेको छ ।

आज ११३ कम्पनीको शेयर मूल्य बढ्दा १३३ कम्पनीको शेयर मूल्य घटेको छ । १३ कम्पनीको शेयर मूल्य भने यथावत देखिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *