चीनमा स्मार्टफोनको विक्री १७ प्रतिशतले बढ्यो

इन्भेष्टोपेपर । वैशाख ३१, २०७७ 

पेचिङ (चीन) । गतमहीना चीनमा स्मार्टफोनको विक्री बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा अप्रिलमा कारखानाले विक्रेताकहाँ ४ करोड ८ लाख थान स्मार्टफोन ढुवानी गरेको छन् । 

ढुवानीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशत धेरै भएको सरकारी बौद्धिक समूह चाइना एकेडेमी अफ इन्फर्मेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी (सीएआईसीटी)ले बताएको छ । 

सन् २०१९ को अप्रिलमा भने कारखानाहरुले विक्रेताकहाँ ३ करोड ४८ लाख थान फोन ढुवानी गरेका थिए । यसलाई चिनियाँ घरेलु बजारमा सुधार आइरहेको र हार्डवेयर बजारका लागि समेत चीन सामान्य स्थितिमा फर्किन सक्ने संकेतका रुपमा हेरिएको छ । 

समूहले ढुवानी भएका स्मार्टफोनमा एन्ड्रोइडको हिस्सा सार्वजनिक गरेको छैन । यही तथ्यांकका आधारमा चीनमा अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले कति स्मार्टफोन विक्री गर्‍यो भनेर हेरिन्थ्यो । 

क्यानलिस, आईडीसी र काउन्टर प्लाइन्ट रिसर्च जस्ता निजी अनुसन्धाता संस्थाहरुले भने पहिलो त्रैमासमा चीनमा एप्पलको स्मर्टफोन ढुवानी एकल अंकले घटेको बताएका थिए ।

एजेन्सी / अभियान

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *