सर्प व्यापारी पक्राउः मूल्य सुन्दै जिब्राे टाेकिने दुइमुखे सर्प
याे समाचार भारतकाे हाे, जसकाे मूल्य सुन्दा जाेकाेहीले जिब्राे टाेक्न सक्छन । झण्डै ४ करोड नेपाली रुपैंयाँ बराबर मूल्य पर्ने दुई मुख भएको सर्प बेच्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
भारत महाराष्ट्र ठानाले करोडौं मुल्य बराबरको सर्पसहित २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । नवघर प्रहरी चौकी निरीक्षक राम बालसिंगले भने, ‘प्रहरीले दुई जना संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर उनीहरु झोला खानतलासि गर्यो ।
झोला खोल्दा उनीहरुको साथमा दुई मुख भएको सर्प भएको रहस्य खुल्यो । यसको मुल्य बजारमा २ करोड ४५ लाख (भारु) हुन्छ ।’ उनीहरुले सर्प बेच्ने पुरा कार्यक्रम तयार पारेको जानकारी दिइएको छ ।
मुम्बईमा बस्दै आएका ४७ वर्षीया वाजिद हुसैन मोहम्मद यूसुफ कुरैशी र ३९ वर्षीय शम्भू अच्छेलाल पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले यो सर्प कहाँबाट ल्याए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुईमुखे सर्प वन्यजीव (संरक्षण) अधिनियम अनुसार संरक्षित जिव हो । यसको प्रयोग औषधी, सौन्दर्य सामाग्री, लगायतमा प्रयोग गर्ने गरिन्छ ।
